Tuesday, March 16, 2010

नखाएरै टारे साझ

वेदनाले छाती दुख्यो आशु मैले झारे आज
आधा पेट सधै बस्थे नखाएरै टारे साझ

होइन मेरो चाहना नि मिठै खाने रामै लाउने
अन्नको त कुरा के र पानी सम्म बारे आज

लालाबाला भोकाएर रुदै हिड्छन सँगै
दिन केही नसके नी झनै नजिक सारे आज

कस्को खेल भनौ मैले जीवन बित्यो यसै
मान्छे कै पो खेल रैछ लाजले नजर झारे आज

2 comments:

  1. निकै राम्रो भाव रहेको रहेछ .... मंजु जी !

    ReplyDelete
  2. एकदम मार्मिक गजल । मनलाइ भित्रै सम्म छोयो ।

    ReplyDelete