Saturday, June 27, 2009

बाटो आफैं बनाउदै

अग्ला अग्ला
अनि कठोर हिमालको छाती चिरा चिरा पार्दै
पहाडको खोंचबाट दर्शनढुङ्गा पगाल्दै
नदीहरु गाँउबंसीका गीत गाउँदै
व्यथाहरु कहँदै
सागर चुम्न र छुन दौडिरहेछन् ।
सुनकोसी तामाकोसी र दूधकोसी झैं संघर्षशील भएर
मस्र्याङ्दी र सप्तकोसी झैं क्रान्तिकारी भएर
अविछिन्न वा अविरल नदीहरु मूल फुटेर
गन्तव्यतर्फ बगिरहन्छन् ।

एउटै उदेश्य लिएर तँछाड मछाड गर्दै
बगिरहेका नदीमाथि अन्याय गर्दै
भो पाप नपखालर कुनै कष्ट पनि नदेऊ
नदी त विचारको प्रवाह हो
जसलाई बिना रोकतोक बग्न दिनुपर्छ

छाडिदेऊ
बग्न देऊ !
नदीको गीत प्रगतिप्रति
रिस घृणको आगो लगाउदैमा
नदी कसरी खरानी हुन्छ र
जति सुकै कडा चट्टानले
बाध बाध्न खोजे पनि
पानीलाई कतिन्जेल थुन्न सकिन्छ र
अनि त
नदीले आफ्नो बाटो आफैं बनाउदै
गन्तव्यमा पुगेरै छाड्छ ।

पहाड भोकाएको छ

पहाड भोकाएको छ
तराई नांगिएको बेला
पहाड भोकाएको छ
धारहरु साँधिएको बेला
हिमाल फाँदिएको छ

उठेर बिहान
खन्दैन चिहान
पहाड भोकाएको छ
मध्यान्हको घामसँगै
पूर्णिमाको साँझसँगै
हिमाल फाँदिएको छ

सुतेर राती
च्यात्दैन धर्ती
तराई नांगिएको बेला
पहाड भोकाएको छ
धारहरु साँधिएको बेला
हिमाल फाँदिएको छ ॥

Tuesday, June 23, 2009

तराईतिर गर्मि भए

तराईतिर गर्मि भए पहाडमा आउ साथी कत्ति
साह्रो तिर्खाएछो चिसो पानी खाउ साथी

भेलबाढी उल्र्या बेला खहरे त्यो सुसाउछ
दुःख सम्झी फल हाल्न नजाउ साथी

प्रकुतिका उपाहार लिलामीमा बेच्न हुन्न
अनमोल भुमि हाम्रो नतोक ह्र भाउ साथी

सीमानामा ढोकाहरु खुल्ला छाड्नु हुन्न अब
हेर्न सक्छन् साँढेसाँढी भित्र छिर्ने दाउ साथी

बाली त्यसै खेर जान्छ हतारोमा बिउ छर्दा
मौसमकै बीउ किनी आजै बाझो फुटाउ साथी

म को हुँ ?

सानो छु
तर बिशाल

पसिना र रगतको थोपा थोपा मिली बनेको छु
रंङ्गीबिरङ्गी फूलहरुले सजिएर
शिखरको फेदमा बसेको छु
उपहार कति पाए कति निर्माण गरे आफैं
साथी संगी धेरै बनाई अरु सामु चिनिएछु

जन्माए सन्तान थरीथरीका
तै भएर माया छ सबैलाई मुटु भरीको
शक्ति मेरो सकिएको छैन अहिले नै
बनेका छन् हातगोडा कहिले नखिइने
उड्न सक्छु अझै पनि मुटु छ है स्थीर
भविष्यमा बन्छु म त धेरैधेरै धीर

त्यसैले त भन्ने गर्छु
जुट उठ सन्तान हो
गौरव गर्दै उठ एकभई उठ
म को हुँ ? चिनेनौ कि कसो
नजाउ उता फर्क यतै थापेका छन पासो

सानो छु
तर विशाल छु