Saturday, October 17, 2009

झुपडीका रहरहरु

जताततै होचो अग्लो कतै पाखा पहराहरु
सिर्जनशील दिमाग हो सम्याउन गहराहरु

शहिदहरुले रगत दिए श्रमिकहरुले श्रम
बाचुन्जेल गर्नु नै छ आ-आफैले कर्म
कालो, रातो, सेतो, निलो छरपष्ट छन
कलाकर्मीहरु हो टिपी ल्याउन रङ्गहरु

धेरै उम्रे बिरुवाहरु कति मरिसके
गोडमेल नगरेरै फूल त्यसै झरिसके
के ले देला गाँस हाम्लाई केले देला बासना
नेपाली हो झुपडीका फूलाउ रहरहरु

भोलि खोज्दै उठे

भुत थियो दुःखदायी
वर्तमान झनै
युगले हातहरु फैलाएको बेला
शुन्य ति हातहरुमा
पुर्याउन केही कुरा
सानो एउटा झोली खोज्दै उठे
विशाल यो धर्तिमाथि
च्यतिएको पहिरन र भित्ता सँग साथ माग्दै
कति पाइला चालिए होलान
भारी बोक्ने दाइको ज्यान कुन नदीमा मिल्यो होला
त्यही पिडामा भाउजुको मुटु कति दुख्यो होला
पिठ्युमा छोरा बोकी बालुवा चाल्दै गर्दा
हराएकी ती दिदीको चोली खोज्दै उठे ।

अझै देख्छु यत्रतत्र
सन्तान मर्दा धन्य भनी
आफ्नो मन थाम्नेहरु
भोकै बसी नाङ्गै बसी
आउने दिन गन्नेहरु
सन्तानको कात्रोभित्र चिहाइ हेर्दा
विजयको मुहार पनि देख्हरु
बाचीरहोस देश भन्दै
जीवन बली दिनेहरु
तिनकै निम्ति बोलि खोज्दै उठे ।

गर्भमै हुदा ऋणको भारी बोकेर
चुक्ता गर्न हली बन्ने काले दाइले
परम्परा जोगाउन
भारि बोक्ने भरिया भाइले
अरुका निम्ति पसिना कतिन्जेल चुहाउनु
कोही मान्छे कन्दमुल नपाएर त्यागीराछन जीवन
कोही मान्छे आरामले सजाइराछन जीवन
फटाहा र शोषकको अन्त्य आजै गर्न
विचारको गोलि खोज्दै उठे ।

पानी सधै दख्खिन बगी उतै जानु पर्ने त हो
फर्किएर यतै आयो
जाने ठाउँमा जाल बुन्यो कस्ले
साध मिच्न सिपालु छन भन्ने थाहा पाए
सिमानाको निकै वर ढोका थुन्छ कस्ले
त्यै ढोकालाई फुटाएर
गन्तव्यमा पुग्नलाई टोली खोज्दै उठे ।

गोरुलाई गाई बनाई दुध माग्नेहरु
आफ्नै प्वाँखको साहरामा उडने चराहरुलाई
पिजडामा राखी-राखी कष्ट दिनेहरु
अटन सक्छन यहाँ ठुल्ठूला महल र पुजिपतिहरु
सक्दैनन रे अटाउन सर्वहारा र झुपडिहरु
हिजो यस्तै अन्याय भो
आज अत्याचार
बनाउनलाई बराबर
सुन्दर त्यो भोलि खोज्दै उठे ।

दिदिको त्यो चोली खोज्दै उठे ।
विचारको गोली खोज्दै उठे ।