Tuesday, March 16, 2010

उ कस्तो मान्छे

दुःख लाग्दैन उसलाई कमारो हुँदा
हुदैन दुःखी आफै अपाङ्ग हुँदा
कराउछ चिच्याउछ बरु आफ्नै आमाको
हात खुट्टा बेच्न नपाउँदा
उ कस्तो मान्छे

आफैलाई कङगाल बनाएर
भिख माग्न चाहन्छ
फैलाएर हातहरु परपर सम्म
तर राख्दैन जतन गरेर
सम्पतिका भण्डार र पोकाहरु
मनलागि चलाउछ
र सिध्याउछ सब थोकहरु
उ कस्तो मान्छे

थाहा पाउदैन आमालाई बेच्दा
म पनि बेचिन्छु भनेर
उ त आमाको शरीरका
अङग-अङग काटेर बेच्न चाहन्छ
तर थाहा पाउदैन मेरो घाटी तिनैसँग
जोडिएको छ भनेर
माटो सँग डलर साटेर
नक्कली चेकको भूक्तानी लिन आतुर हुन्छ
थाहा छैन माटोको मोल कति हुन्छ भनेर
कस्तो मान्छे

म त भन्छु
उ सस्तो मान्छे
मानवरुपि मखुन्डो जस्तो मान्छे ।

No comments:

Post a Comment