Sunday, April 11, 2010

मर्न के को डर

बाँचिन्जेल गर्नु धेरै, मरे के छ र
मर्नु नै छ एकदिन, मर्न के को डर

बढाइ राखनु यात्रा सधै गन्तव्यमा पुग्न
पर्दैन है अरु सामु शिर निहुराइ झुक्न
अधिपछि नभुल्नु है हेर्न वरपर
मर्नु नै छ एकदिन मर्न के को डर

एकैछिन नराखनु है खाली हातहरु
धेरै आउछन दिनलाई सधै-सधै साथहरु
यसरी नै बन्छ हाम्रो, राम्रो नयाँ घर
मर्नु नै छ एकदिन मर्न के को डर

No comments:

Post a Comment