Thursday, January 21, 2010

गर्छ र को वास्ता

गर्छ र को वास्ता बस्ने बास नहुनेको
भन्छन् अझै सानो-ठूलो जात नहुनेको

कस्तो हुन्छ राम्रो-मीठो त्यसै जुनी बित्छ
मोल मोलाइ हुन्छ सम्पत्तिको रास नहुनेको

पौडी खेल्छन् पसिनाको अझै दिनरात
आधा पेट पाए हुन्थ्यो गाँस नहुनेको

नभएता भेदभाव छुवाछुतको यहाँ
अधिकारको दाम्लो आफ्नै साथ नहुनेको

सगै बसी सबैसँग ढिडो खान पाए
फर्किन्थ्यो कि केही खुसी आश नहुनेको

3 comments:

  1. विषयवस्तु सही र प्रस्तुति प्रभावकारी हुँदा हुँदै पनि यो सिर्जनाले गजलको मूल्य मान्यतालाई आत्मसात गर्न सकेको छैन ।

    ReplyDelete
  2. गजल मीठो छ !
    एक-आध कमी कमजोरीहरु मन्जुजीले अवश्य सच्याउनुहुनेछ |

    ReplyDelete
  3. विषयउठान ठिक छ, तर समायोजनमा केही कमजोरी भयो कि ?

    ReplyDelete