Saturday, June 27, 2009

बाटो आफैं बनाउदै

अग्ला अग्ला
अनि कठोर हिमालको छाती चिरा चिरा पार्दै
पहाडको खोंचबाट दर्शनढुङ्गा पगाल्दै
नदीहरु गाँउबंसीका गीत गाउँदै
व्यथाहरु कहँदै
सागर चुम्न र छुन दौडिरहेछन् ।
सुनकोसी तामाकोसी र दूधकोसी झैं संघर्षशील भएर
मस्र्याङ्दी र सप्तकोसी झैं क्रान्तिकारी भएर
अविछिन्न वा अविरल नदीहरु मूल फुटेर
गन्तव्यतर्फ बगिरहन्छन् ।

एउटै उदेश्य लिएर तँछाड मछाड गर्दै
बगिरहेका नदीमाथि अन्याय गर्दै
भो पाप नपखालर कुनै कष्ट पनि नदेऊ
नदी त विचारको प्रवाह हो
जसलाई बिना रोकतोक बग्न दिनुपर्छ

छाडिदेऊ
बग्न देऊ !
नदीको गीत प्रगतिप्रति
रिस घृणको आगो लगाउदैमा
नदी कसरी खरानी हुन्छ र
जति सुकै कडा चट्टानले
बाध बाध्न खोजे पनि
पानीलाई कतिन्जेल थुन्न सकिन्छ र
अनि त
नदीले आफ्नो बाटो आफैं बनाउदै
गन्तव्यमा पुगेरै छाड्छ ।

7 comments:

  1. This comment has been removed by the author.

    ReplyDelete
  2. This comment has been removed by the author.

    ReplyDelete
  3. विचार पहाडजस्तै अटल छ
    शैली पनि नदि जस्तै बगेको भए अझै राम्रो हुने थियो
    तर यो कविता प्रभासको एक प्रतिनिधि सम्पति हो भन्दा कसैलाई आपत्ती नहोला ।

    ReplyDelete
  4. kavitako dherai pakshya haru dherai ramra chhan.....tara euta kura....nadi haru ko bimba nadi lai nai naliyeko bhaye ajha uttam hunethiyo.,...

    ReplyDelete
  5. Thanks for your creations. I like all but it is the best.HO Bato kathin 6 hami nai banaunu parcha.......

    ReplyDelete
  6. विचार र विम्व सबल छ
    शिल्पलाई अझै सिगार्नुस्

    ReplyDelete
  7. Tapae ko bichar ucha 6
    tara silpa mathi pravas ko asha marako6

    ReplyDelete