Saturday, June 27, 2009

पहाड भोकाएको छ

पहाड भोकाएको छ
तराई नांगिएको बेला
पहाड भोकाएको छ
धारहरु साँधिएको बेला
हिमाल फाँदिएको छ

उठेर बिहान
खन्दैन चिहान
पहाड भोकाएको छ
मध्यान्हको घामसँगै
पूर्णिमाको साँझसँगै
हिमाल फाँदिएको छ

सुतेर राती
च्यात्दैन धर्ती
तराई नांगिएको बेला
पहाड भोकाएको छ
धारहरु साँधिएको बेला
हिमाल फाँदिएको छ ॥

2 comments:

  1. यो कविता पढ्दा तपाईले सुमधुर संगीत पनि सुन्नु हुनेछ ।

    ReplyDelete
  2. नाकिमा झूठो बोल्दैन !

    ReplyDelete