Wednesday, December 2, 2009

सम्झना साथै सलाम छ

सम्झना साथै सलाम छ क्रान्तिकारी युवा हो
समयको मार्ग चिनेर त्यहीँ बाटोमा हिड्ने हो

ज्ञानको ढोका खोलिनु शुभ समयको संकेत हो
आफै नै ज्योति बनेर अन्धकारलाई चिर्ने हो
सभ्य समाजको निमार्णमा चुनौति दिई बढेका
विभेदको पर्खाल तोडेर एकताको बिगुल फुक्ने हो

जेलनेल सहदै भोकतिर्खा खपेर
जीवनको अर्थ बुझ्नलाई सदभावको बीज रोपेर
रगतको मसी नसुकाई इतिहासका पानामा
विकृतिको खिया मेटेर नयाँ रङ्ग भर्ने हो ।

4 comments: