Saturday, October 17, 2009

झुपडीका रहरहरु

जताततै होचो अग्लो कतै पाखा पहराहरु
सिर्जनशील दिमाग हो सम्याउन गहराहरु

शहिदहरुले रगत दिए श्रमिकहरुले श्रम
बाचुन्जेल गर्नु नै छ आ-आफैले कर्म
कालो, रातो, सेतो, निलो छरपष्ट छन
कलाकर्मीहरु हो टिपी ल्याउन रङ्गहरु

धेरै उम्रे बिरुवाहरु कति मरिसके
गोडमेल नगरेरै फूल त्यसै झरिसके
के ले देला गाँस हाम्लाई केले देला बासना
नेपाली हो झुपडीका फूलाउ रहरहरु

2 comments:

  1. मंजुजिलाई, नयाँ संरचना निर्माणको निम्ति बिशेष बधाई !

    ReplyDelete