Tuesday, November 23, 2010

सन्तान बराबरी

स्वाभिमानी बन्न सिकौँ नेपालका छोरीछोरी
बजाउदै धिनताङ धिनताङ गुन्जाउदै मालसिरी

जन्म लियाँ यो धर्तीमा नाम दियो माटोले
मन हाम्रो दुख्ने गर्छ ननिका ती खाटोले
खियाउनु छ दश नङग्रा भइ छोरछोरी
गर्ने छैनन् भेदभाव हामी बराबरी

तराइका फाँटहरुमा गर्नु पर्छ काम
पहाडको टुप्पोबाट तब आउँछ घाम
हिमालहरु नेपालका गहना तिलहरी
हिमाल तराइ पहाडका सन्तान बराबरी

No comments:

Post a Comment