वेदनाले छाती दुख्यो आशु मैले झारे आज
आधा पेट सधै बस्थे नखाएरै टारे साझ
होइन मेरो चाहना नि मिठै खाने रामै लाउने
अन्नको त कुरा के र पानी सम्म बारे आज
लालाबाला भोकाएर रुदै हिड्छन सँगै
दिन केही नसके नी झनै नजिक सारे आज
कस्को खेल भनौ मैले जीवन बित्यो यसै
मान्छे कै पो खेल रैछ लाजले नजर झारे आज
Tuesday, March 16, 2010
उ कस्तो मान्छे
दुःख लाग्दैन उसलाई कमारो हुँदा
हुदैन दुःखी आफै अपाङ्ग हुँदा
कराउछ चिच्याउछ बरु आफ्नै आमाको
हात खुट्टा बेच्न नपाउँदा
उ कस्तो मान्छे
आफैलाई कङगाल बनाएर
भिख माग्न चाहन्छ
फैलाएर हातहरु परपर सम्म
तर राख्दैन जतन गरेर
सम्पतिका भण्डार र पोकाहरु
मनलागि चलाउछ
र सिध्याउछ सब थोकहरु
उ कस्तो मान्छे
थाहा पाउदैन आमालाई बेच्दा
म पनि बेचिन्छु भनेर
उ त आमाको शरीरका
अङग-अङग काटेर बेच्न चाहन्छ
तर थाहा पाउदैन मेरो घाटी तिनैसँग
जोडिएको छ भनेर
माटो सँग डलर साटेर
नक्कली चेकको भूक्तानी लिन आतुर हुन्छ
थाहा छैन माटोको मोल कति हुन्छ भनेर
उ कस्तो मान्छे
म त भन्छु
उ सस्तो मान्छे
मानवरुपि मखुन्डो जस्तो मान्छे ।
हुदैन दुःखी आफै अपाङ्ग हुँदा
कराउछ चिच्याउछ बरु आफ्नै आमाको
हात खुट्टा बेच्न नपाउँदा
उ कस्तो मान्छे
आफैलाई कङगाल बनाएर
भिख माग्न चाहन्छ
फैलाएर हातहरु परपर सम्म
तर राख्दैन जतन गरेर
सम्पतिका भण्डार र पोकाहरु
मनलागि चलाउछ
र सिध्याउछ सब थोकहरु
उ कस्तो मान्छे
थाहा पाउदैन आमालाई बेच्दा
म पनि बेचिन्छु भनेर
उ त आमाको शरीरका
अङग-अङग काटेर बेच्न चाहन्छ
तर थाहा पाउदैन मेरो घाटी तिनैसँग
जोडिएको छ भनेर
माटो सँग डलर साटेर
नक्कली चेकको भूक्तानी लिन आतुर हुन्छ
थाहा छैन माटोको मोल कति हुन्छ भनेर
उ कस्तो मान्छे
म त भन्छु
उ सस्तो मान्छे
मानवरुपि मखुन्डो जस्तो मान्छे ।
Thursday, January 21, 2010
गर्छ र को वास्ता
गर्छ र को वास्ता बस्ने बास नहुनेको
भन्छन् अझै सानो-ठूलो जात नहुनेको
कस्तो हुन्छ राम्रो-मीठो त्यसै जुनी बित्छ
मोल मोलाइ हुन्छ सम्पत्तिको रास नहुनेको
पौडी खेल्छन् पसिनाको अझै दिनरात
आधा पेट पाए हुन्थ्यो गाँस नहुनेको
नभएता भेदभाव छुवाछुतको यहाँ
अधिकारको दाम्लो आफ्नै साथ नहुनेको
सगै बसी सबैसँग ढिडो खान पाए
फर्किन्थ्यो कि केही खुसी आश नहुनेको
भन्छन् अझै सानो-ठूलो जात नहुनेको
कस्तो हुन्छ राम्रो-मीठो त्यसै जुनी बित्छ
मोल मोलाइ हुन्छ सम्पत्तिको रास नहुनेको
पौडी खेल्छन् पसिनाको अझै दिनरात
आधा पेट पाए हुन्थ्यो गाँस नहुनेको
नभएता भेदभाव छुवाछुतको यहाँ
अधिकारको दाम्लो आफ्नै साथ नहुनेको
सगै बसी सबैसँग ढिडो खान पाए
फर्किन्थ्यो कि केही खुसी आश नहुनेको
Monday, January 11, 2010
मेरा गाउँलेहरु
यहि छन जीवन
सँगै बेजोड बस्तीहरु
प्रकाशका निम्ति
ठाँउ खोजिरहेका शक्तिहरु ।
यो मेरै गाउँ हो
दन्केको छ भोकको ज्वाला
त्यै ज्वालामा पिल्सीरहका छन पेटहरु
पाली रहेछन गिठ्ठा अनि भ्याकुरले जीवन
एक मुठ्ठी माटोको निम्ति
नाउँ खोजिरहेछन छातीहरु ।
भालेको डाकमा उठ्छन
मध्यरातमा भोकै सुत्छन
बाढीले बगाएको उर्वर भुमिलाई
छातीमा राखेर लमतन्न छन
विदेशी ऋणको भारी बोकेर
यिनै बेतिथिको बेवास्ताका लागि
खोजिरहेछन् साथीहरु ।
यही छन दुःख अभाव
अनि वेदनाका कथाहरु
कतै छन परिवर्तनका मोहक दृश्यहरु
ब्वाँसाहरु अपाङ्गको बैशाखी
खोसेर सगरमाथा चढिरहेछन
सम्भावनाका ढोकाहरु बन्द गर्दै
विरताको प्रदर्शन देखाईरहेछन्
तर
थाहा भइसकेको छ गाउँलेहरुलाई
चेलीहरु सीमापारिका
रेडलाइट एरियामा छन
कान्छाहरुलाई मानव यन्त्र बनाइएको छ
पहाडी भित्ताहरुमा रोपिएका रक्तविजहरु
एकाएक समथर मैदान अनि सडकमा उमि्ररहेछन ।
र त अन्तिम विकल्प खोजिरहेका छन्
विद्रोहको भाषामा
मेरा गाउँलेहरु र म पनि ।
सँगै बेजोड बस्तीहरु
प्रकाशका निम्ति
ठाँउ खोजिरहेका शक्तिहरु ।
यो मेरै गाउँ हो
दन्केको छ भोकको ज्वाला
त्यै ज्वालामा पिल्सीरहका छन पेटहरु
पाली रहेछन गिठ्ठा अनि भ्याकुरले जीवन
एक मुठ्ठी माटोको निम्ति
नाउँ खोजिरहेछन छातीहरु ।
भालेको डाकमा उठ्छन
मध्यरातमा भोकै सुत्छन
बाढीले बगाएको उर्वर भुमिलाई
छातीमा राखेर लमतन्न छन
विदेशी ऋणको भारी बोकेर
यिनै बेतिथिको बेवास्ताका लागि
खोजिरहेछन् साथीहरु ।
यही छन दुःख अभाव
अनि वेदनाका कथाहरु
कतै छन परिवर्तनका मोहक दृश्यहरु
ब्वाँसाहरु अपाङ्गको बैशाखी
खोसेर सगरमाथा चढिरहेछन
सम्भावनाका ढोकाहरु बन्द गर्दै
विरताको प्रदर्शन देखाईरहेछन्
तर
थाहा भइसकेको छ गाउँलेहरुलाई
चेलीहरु सीमापारिका
रेडलाइट एरियामा छन
कान्छाहरुलाई मानव यन्त्र बनाइएको छ
पहाडी भित्ताहरुमा रोपिएका रक्तविजहरु
एकाएक समथर मैदान अनि सडकमा उमि्ररहेछन ।
र त अन्तिम विकल्प खोजिरहेका छन्
विद्रोहको भाषामा
मेरा गाउँलेहरु र म पनि ।
Tuesday, December 29, 2009
जान्छौ किन अरु सामु
जान्छौ किन अरु सामु पसारेर हातहरु
गर्छौ किन जानीजानी नारीमाथि घातहरु
धिक्कार छ तिमीलाई मेरो पनि अझै
बीउ किन नछरेर खोज्छौ पातहरु
नारीभित्र भेट्छौ खोज सिर्जनाका मूलहरु
बर्षाउछौ किन तिनलाई बेवास्ताका खातहरु
हिरा-मोती फलाउछौ छरी हाम्रा पसिना
दिनमात्र हैन अनि उज्यालिन्छन् रातहरु
गर्छौ किन जानीजानी नारीमाथि घातहरु
धिक्कार छ तिमीलाई मेरो पनि अझै
बीउ किन नछरेर खोज्छौ पातहरु
नारीभित्र भेट्छौ खोज सिर्जनाका मूलहरु
बर्षाउछौ किन तिनलाई बेवास्ताका खातहरु
हिरा-मोती फलाउछौ छरी हाम्रा पसिना
दिनमात्र हैन अनि उज्यालिन्छन् रातहरु
Wednesday, December 2, 2009
सम्झना साथै सलाम छ
सम्झना साथै सलाम छ क्रान्तिकारी युवा हो
समयको मार्ग चिनेर त्यहीँ बाटोमा हिड्ने हो
ज्ञानको ढोका खोलिनु शुभ समयको संकेत हो
आफै नै ज्योति बनेर अन्धकारलाई चिर्ने हो
सभ्य समाजको निमार्णमा चुनौति दिई बढेका
विभेदको पर्खाल तोडेर एकताको बिगुल फुक्ने हो
जेलनेल सहदै भोकतिर्खा खपेर
जीवनको अर्थ बुझ्नलाई सदभावको बीज रोपेर
रगतको मसी नसुकाई इतिहासका पानामा
विकृतिको खिया मेटेर नयाँ रङ्ग भर्ने हो ।
समयको मार्ग चिनेर त्यहीँ बाटोमा हिड्ने हो
ज्ञानको ढोका खोलिनु शुभ समयको संकेत हो
आफै नै ज्योति बनेर अन्धकारलाई चिर्ने हो
सभ्य समाजको निमार्णमा चुनौति दिई बढेका
विभेदको पर्खाल तोडेर एकताको बिगुल फुक्ने हो
जेलनेल सहदै भोकतिर्खा खपेर
जीवनको अर्थ बुझ्नलाई सदभावको बीज रोपेर
रगतको मसी नसुकाई इतिहासका पानामा
विकृतिको खिया मेटेर नयाँ रङ्ग भर्ने हो ।
Saturday, October 17, 2009
झुपडीका रहरहरु
जताततै होचो अग्लो कतै पाखा पहराहरु
सिर्जनशील दिमाग हो सम्याउन गहराहरु
शहिदहरुले रगत दिए श्रमिकहरुले श्रम
बाचुन्जेल गर्नु नै छ आ-आफैले कर्म
कालो, रातो, सेतो, निलो छरपष्ट छन
कलाकर्मीहरु हो टिपी ल्याउन रङ्गहरु
धेरै उम्रे बिरुवाहरु कति मरिसके
गोडमेल नगरेरै फूल त्यसै झरिसके
के ले देला गाँस हाम्लाई केले देला बासना
नेपाली हो झुपडीका फूलाउ रहरहरु
सिर्जनशील दिमाग हो सम्याउन गहराहरु
शहिदहरुले रगत दिए श्रमिकहरुले श्रम
बाचुन्जेल गर्नु नै छ आ-आफैले कर्म
कालो, रातो, सेतो, निलो छरपष्ट छन
कलाकर्मीहरु हो टिपी ल्याउन रङ्गहरु
धेरै उम्रे बिरुवाहरु कति मरिसके
गोडमेल नगरेरै फूल त्यसै झरिसके
के ले देला गाँस हाम्लाई केले देला बासना
नेपाली हो झुपडीका फूलाउ रहरहरु
Subscribe to:
Posts (Atom)