Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

Thursday, March 24, 2011

लात सहेर बस्दिन

युगौ-युग अँध्यारो रात सहेर बस्दिन
जानि- जानि हानेको लात सहेर बस्दिन

दुनियाले नबुझे नि मैले देखेकी छु
देखि-देखि गरेको घात सहेर बस्दिन

संघर्षमा यात्रा सफल हुन्छ एकदिन
गरिरहेको उल्टो बात सहेर बस्दिन

मान्छे भित्र मानवियता हेर न !
ओइलाएको पात झै सहेर बस्दिन

Thursday, February 24, 2011

आरोपहरु रोप तिमी

आरोपहरु रोप तिमी सहन म जति सक्छु
नसकेको दिन फेरि अघि बढ्न पनि सक्छु

विधुवाको
गाथा अझै गुम्सियर बसेको
यहि यात्रा पुरा गर्न बढन म अधि सक्छु

नारीहरुकै गीत लेख्छु मातृत्वको बदलामा

कल्पनामा मात्र हैन यथार्थमा पनि पुग्छु

म पनि आकाश ओढी धर्ती ओच्छ्याउँछु

संघर्ष मै जीवन खोज्दै सामु धर्ती झुक्छु

Tuesday, March 16, 2010

नखाएरै टारे साझ

वेदनाले छाती दुख्यो आशु मैले झारे आज
आधा पेट सधै बस्थे नखाएरै टारे साझ

होइन मेरो चाहना नि मिठै खाने रामै लाउने
अन्नको त कुरा के र पानी सम्म बारे आज

लालाबाला भोकाएर रुदै हिड्छन सँगै
दिन केही नसके नी झनै नजिक सारे आज

कस्को खेल भनौ मैले जीवन बित्यो यसै
मान्छे कै पो खेल रैछ लाजले नजर झारे आज

Thursday, January 21, 2010

गर्छ र को वास्ता

गर्छ र को वास्ता बस्ने बास नहुनेको
भन्छन् अझै सानो-ठूलो जात नहुनेको

कस्तो हुन्छ राम्रो-मीठो त्यसै जुनी बित्छ
मोल मोलाइ हुन्छ सम्पत्तिको रास नहुनेको

पौडी खेल्छन् पसिनाको अझै दिनरात
आधा पेट पाए हुन्थ्यो गाँस नहुनेको

नभएता भेदभाव छुवाछुतको यहाँ
अधिकारको दाम्लो आफ्नै साथ नहुनेको

सगै बसी सबैसँग ढिडो खान पाए
फर्किन्थ्यो कि केही खुसी आश नहुनेको

Tuesday, December 29, 2009

जान्छौ किन अरु सामु

जान्छौ किन अरु सामु पसारेर हातहरु
गर्छौ किन जानीजानी नारीमाथि घातहरु

धिक्कार छ तिमीलाई मेरो पनि अझै
बीउ किन नछरेर खोज्छौ पातहरु

नारीभित्र भेट्छौ खोज सिर्जनाका मूलहरु
बर्षाउछौ किन तिनलाई बेवास्ताका खातहरु

हिरा-मोती फलाउछौ छरी हाम्रा पसिना
दिनमात्र हैन अनि उज्यालिन्छन् रातहरु

Tuesday, June 23, 2009

तराईतिर गर्मि भए

तराईतिर गर्मि भए पहाडमा आउ साथी कत्ति
साह्रो तिर्खाएछो चिसो पानी खाउ साथी

भेलबाढी उल्र्या बेला खहरे त्यो सुसाउछ
दुःख सम्झी फल हाल्न नजाउ साथी

प्रकुतिका उपाहार लिलामीमा बेच्न हुन्न
अनमोल भुमि हाम्रो नतोक ह्र भाउ साथी

सीमानामा ढोकाहरु खुल्ला छाड्नु हुन्न अब
हेर्न सक्छन् साँढेसाँढी भित्र छिर्ने दाउ साथी

बाली त्यसै खेर जान्छ हतारोमा बिउ छर्दा
मौसमकै बीउ किनी आजै बाझो फुटाउ साथी

Monday, May 11, 2009

गजल

कर्म छोडी भाग्य माथि विश्वास त गर्दिन म
अरु हिँड्ने बाटो माथि काडाँ नै त छर्दिन म

भन्नेहरु अभ्झै भन्छन् अबला हुन नारीहरु
तिनै सामु झुकाएर शिर नै त मर्दिन म

हेला गरुन घृणा गरुन अझै के के गर्छन
विपत्तीमा डराएर बसाइ नै त सर्दिन म

उकालोमा थाक्छन होला पाइलाहरु चाल्दै जाँदा
बिर्सिएर चुचुरोलाई ओरालो त झर्दिन म

तिम्रो बाटो तिमी हिँड मेरो मै हिँडुँला
मान्छे हुँ अमृत फाली विष नै त छर्दिन म