जान्छौ किन अरु सामु पसारेर हातहरु
गर्छौ किन जानीजानी नारीमाथि घातहरु
धिक्कार छ तिमीलाई मेरो पनि अझै
बीउ किन नछरेर खोज्छौ पातहरु
नारीभित्र भेट्छौ खोज सिर्जनाका मूलहरु
बर्षाउछौ किन तिनलाई बेवास्ताका खातहरु
हिरा-मोती फलाउछौ छरी हाम्रा पसिना
दिनमात्र हैन अनि उज्यालिन्छन् रातहरु
स्याबास !
ReplyDelete