पृथक मनहरु
माजु मार्मिका
मन भित्रको संवेदनामा
आगो बलिरहेको छ
हरेक पलपलमा
आगोका ज्वालाहरु पिइरहन्छन
प्रत्येक क्षणक्षणमा
हरितालिका
साच्चै तीज भएर आउनु छ भने
शान्तिको राको बालेर आउ
पिडाको आघातले फुटन
बाँकी मुटुहरुलाई जोगाउन
भोका पेटहरुको
भोक भेटाउन
न कि दामसिएका पेटहरुलाई
झनै बसाउन
चुहाउदैछन मोतिका दाना
दिनरात बर्षिन्छन आफसेआफ
चट्टानको चुहावटसरी भिरहरुमा
कसरी टिप्न सक्छन र
श्रमका दाना टिप्नेहरुको भिडबाट
अह टिप्न सकेनन अझैपनि
तर लिन्छन पोल्टाभरि सान्त्वनाका पोकाहरु
अनि बोकेर रुन्छन थुनेर कोठाहरु ।
दिनेहरुले दिए भन्दैमा नलेउ भो
हाम्रै मन कठोर बन्नु पर्छ
मुत्यु पर्यान्त पनि छुरा घस्नेहरु
मृत लासमाथि रजाई गर्न मनाही छ
बौलाहा कुकुरले साप्रो च्यापे झै
नच्याप यी मनहरुलाई
पागल पनको पहिचान बोकेर
जिस्काउन मनाही छ
पृथक मनहरुलाई उदाङगो पार्न सक्दैनौ ।
हावा सुस्त छ सुर्य चुस्त छ
यिनैलाई साक्षी राखेर
युद्ध भन्दा डरलाग्दो जीन्दगीको
कहानी भोगेकी छौ तिमीले पिन
फलाम सँग रातदिन युद्ध लडेकी छौ ।
आखिर जीत त तिम्रै भएको छ नि ।
तर अझै जिस्काइरहन्छन ती आडम्बर
तिमीले खसालेका मोतिका दाना खोस्नेहरु ।
निस्फिकि्र सन्त्रासको पिरो
धुवामय आकाशमा उड्नु छ
प्रवाह नगरि धुवाको
झरर्नु छ अझै तल
बरु परु आगोमा
नराखी
आशा कसैको शुभकामनाको
नमाग्नु भिक्षा कोहीसँग
बरु पौडिरहनु संघर्षका डुंगा चलाएर
नरुनु भौकै मन जलाएर
बलिरहेको आगोमा बरु पेट्रोल थप्न आउ
जीवनलाई जीवन्तता दिनु छ भने
अनि हराउ
तिमीले फलाएका मोति टिप्नेहरुलाई
मृत्यु पर्यान्त पनि शरिर चुस्नेहरुलाई ।
No comments:
Post a Comment