एउटा दह्रो र ठूलो बाकस
बनाउनु पर्ने भएको छ
प्रत्येक भागहरुलाई मिलाएर राख्न
आफ्नै हातको सिप खन्याएर बलियो
सबैका दुःखहरुलाई बन्द गरिदिन
एउटा बाकस बनाउनु पर्ने भएको छ
कसैका असफलता
कसैका दोधारे विचारहरुलाई
जन्मने बित्तिकै कैदी बनाउन
एक घुटको रक्सीको बहानामा
सन्तानको व्यापार गर्नेहरुलाई
एउटा कोठामा थुनिदिन
युगौ देखिको पुरानो बाकस भत्काएर
धुलो सबै बढारेर
त्यहाँ भित्रका फलहरु कुहिएर
छोइ नसक्नु भएका छन्
ती सबैलाई आजै फालेर सफा गर्नु छ
घाइते मनहरुलाई निको पार्दै
जहाँ अनगिन्ती कुराहरु मिलाएर राख्नु छ ।
र त एउटा बाकस बनाउनु छ ।
रङगिविरङगी रंगहरु भरेर
हामै्र कलाका बुट्टाहरु भरेर
शत्रुहरुले तोडन नसक्ने
चोरहरुले फोर्न नसक्ने
बारम्बार नयाँ बनाउन नपर्ने गरि
नयाँ बाकस बनाउनु छ ।
समानहरु वस्तुहरु
आचार र विचारहरु
सबैसबैलाई व्यबस्थित गरेर
आनन्द दिने थरिथरिका रंगहरुसँगै
थुपैथुप्रै कुराहररु राख्नु छ
माकुराले जालो लगाउन नपाउने गरि
धमिराले धुलो नपार्ने गरि
हातमा हातसाथमा साथ मिलाइ पुरानो फाली
नयाँ बाकस बनाउनै पर्ने भएको छ ।
आऊ मित्र जसरी पनि
बनाउनु छ एउटा बाकस ।
एउटा दह्रो र ठूलो बाकस
बनाउनु पर्ने भएको छ
प्रत्येक भागहरुलाई मिलाएर राख्न
आफ्नै हातको सिप खन्याएर बलियो
सबैका दुःखहरुलाई बन्द गरिदिन
एउटा बाकस बनाउनु पर्ने भएको छ
Wednesday, February 8, 2012
Tuesday, January 3, 2012
गज्जबका दिनहरु झुल्किन्छन
वसन्त आएपछि बोटहरुमा पालुवा निस्कन्छन्
नाङ्गा रुखका कङ्गालहरुमा लुगा भरिन्छन्
गज्जबका दिनहरु झुल्किन्छन आजभोलि
कसरी उम्रन्छन दिनहरु बिहानीमा
र कसरी मर्छन गोधुलीमा
हामीलाई सोध
हाम्रा आँखाहरु रोपिन्छन
बिहानीसँगै र बिझाउछन् दिनरात भरी
किनकी हामी हिड्ने बाटाभरी
सधै होली खेलिन्छ ।
घुम्ने लागेको बाख्राको शिर झै
मन त्यसै त्यसै घुम्छ
घरै अगाडि परेका खाल्टाहरु देखेर
ती कहिल्यै पुरिएनन्
वसन्त आएर जान लाग्यो
हाम्रा कङ्गालले लुगा फेर्न पाएनन्
गज्जबका दिनहरु झुल्किन्छन आजभोलि
हाम्रो मन बढेर मुटु भन्दा माथि पुग्छ
र उमाल्छ दिमागलाई
अनि सल्काउन खोज्छ आगो वरिपरि
दुःखको इन्द्रेणीमै रमाउन मज्जा लाग्छ घरिघरि
तर मुटु निरै तीता घाउहरु
आएर झक्झक्याउछन् हामीलाई
यो निदाउने समय होइन
अध्यारो रातमा लमतन्न बिच्छ्याइएको
गुन्द्री सरह पसारिन्छन् समस्याहरु दिउसै
गज्जबका दिनहरु झुल्किन्छन आजभोलि
हिरामोतीहरु फलाम बनेर पिटिन्छन आरनमा
बहुमुल्य धातु बनेर फलाम सजिन्छन
हाम्रा आँखाका नानी भने तल्लीन छन
सिर्जनाको खोजीमा
आजको दिन यसरी झुल्किन्छ
जसले कुनै अर्थ राखेन भोलिको लागि
हामी आजको दुःख पिएर आनन्दको
भोलिको सिर्जना गर्ने बाटोमा छौ
बस हामी त्यही बाटोमा छौ ।
नाङ्गा रुखका कङ्गालहरुमा लुगा भरिन्छन्
गज्जबका दिनहरु झुल्किन्छन आजभोलि
कसरी उम्रन्छन दिनहरु बिहानीमा
र कसरी मर्छन गोधुलीमा
हामीलाई सोध
हाम्रा आँखाहरु रोपिन्छन
बिहानीसँगै र बिझाउछन् दिनरात भरी
किनकी हामी हिड्ने बाटाभरी
सधै होली खेलिन्छ ।
घुम्ने लागेको बाख्राको शिर झै
मन त्यसै त्यसै घुम्छ
घरै अगाडि परेका खाल्टाहरु देखेर
ती कहिल्यै पुरिएनन्
वसन्त आएर जान लाग्यो
हाम्रा कङ्गालले लुगा फेर्न पाएनन्
गज्जबका दिनहरु झुल्किन्छन आजभोलि
हाम्रो मन बढेर मुटु भन्दा माथि पुग्छ
र उमाल्छ दिमागलाई
अनि सल्काउन खोज्छ आगो वरिपरि
दुःखको इन्द्रेणीमै रमाउन मज्जा लाग्छ घरिघरि
तर मुटु निरै तीता घाउहरु
आएर झक्झक्याउछन् हामीलाई
यो निदाउने समय होइन
अध्यारो रातमा लमतन्न बिच्छ्याइएको
गुन्द्री सरह पसारिन्छन् समस्याहरु दिउसै
गज्जबका दिनहरु झुल्किन्छन आजभोलि
हिरामोतीहरु फलाम बनेर पिटिन्छन आरनमा
बहुमुल्य धातु बनेर फलाम सजिन्छन
हाम्रा आँखाका नानी भने तल्लीन छन
सिर्जनाको खोजीमा
आजको दिन यसरी झुल्किन्छ
जसले कुनै अर्थ राखेन भोलिको लागि
हामी आजको दुःख पिएर आनन्दको
भोलिको सिर्जना गर्ने बाटोमा छौ
बस हामी त्यही बाटोमा छौ ।
Sunday, September 25, 2011
उपहार
शास्वत नियम हो
शिशु भै जन्म लिएर
प्रवेश गर् यौ यस धर्तीमा
निरन्तर छ यो प्रगतिमा
के दिउँ उपहार म तिमीलाई
ज्ञानको ज्योति बाल्दै तिमीले
सृजनाका मूलहरु फुटायौ
अज्ञानताको निर्मुल पार्न
सुतेका मस्तिष्कहरु उठायौ
यो खुसीमा
के दिउँ उपहार म तिमीलाई
चाहन्छ खुसीले बाँच्न जीन्दगी सबैको
सिगारी उत्साह र उमङगले
कलिला सपनाहरु हुर्काएर
फुलाउन र फलाउन
निरन्तर निरन्तर जीवनभर
स्वतन्त्र आफ्ना पखेटाहरुले
भ्याएसम्म उडेर संसार बुझ्न चाहन्छ
आत्महत्याका सपनाहरु फुकाएर
सुस्केरा र बाध्यताहरु पन्छाउन सिकायौ
यही क्षणमा
के दिउँ उपहार म तिमीलाई
ती कुरुप सपनाहरु
अग्ला अनि डरलाग्दा महलहरु
ती क्षणिक खुसीहरु
अनि त्यो सुन्दर भनिने शहर
त्यागेर दृढ अठोट लिई
फर्कियौ कुरुप भनिने बस्तीमा
जन्म मृत्युको आरोह अवरोहमा
सदगति लिएर निरन्तर
तिमी उल्लास बिभोर हुँदा
यो हर्षको बेला
के दिउँ उपहार म तिमीलाई
यो पावन अवसरमा
जन्म अनि कर्मभूमिमा यसरी नै
बलिरहनु आँधिहुरीमा पिन
ज्योति फैलाएर टाढा क्षितिजसम्म
निरन्तर निरन्तर अन्तिम क्षणसम्म
शुभकामना र सर्मथन
मेरो उपहार छ तिमीलाई ।
शिशु भै जन्म लिएर
प्रवेश गर् यौ यस धर्तीमा
निरन्तर छ यो प्रगतिमा
के दिउँ उपहार म तिमीलाई
ज्ञानको ज्योति बाल्दै तिमीले
सृजनाका मूलहरु फुटायौ
अज्ञानताको निर्मुल पार्न
सुतेका मस्तिष्कहरु उठायौ
यो खुसीमा
के दिउँ उपहार म तिमीलाई
चाहन्छ खुसीले बाँच्न जीन्दगी सबैको
सिगारी उत्साह र उमङगले
कलिला सपनाहरु हुर्काएर
फुलाउन र फलाउन
निरन्तर निरन्तर जीवनभर
स्वतन्त्र आफ्ना पखेटाहरुले
भ्याएसम्म उडेर संसार बुझ्न चाहन्छ
आत्महत्याका सपनाहरु फुकाएर
सुस्केरा र बाध्यताहरु पन्छाउन सिकायौ
यही क्षणमा
के दिउँ उपहार म तिमीलाई
ती कुरुप सपनाहरु
अग्ला अनि डरलाग्दा महलहरु
ती क्षणिक खुसीहरु
अनि त्यो सुन्दर भनिने शहर
त्यागेर दृढ अठोट लिई
फर्कियौ कुरुप भनिने बस्तीमा
जन्म मृत्युको आरोह अवरोहमा
सदगति लिएर निरन्तर
तिमी उल्लास बिभोर हुँदा
यो हर्षको बेला
के दिउँ उपहार म तिमीलाई
यो पावन अवसरमा
जन्म अनि कर्मभूमिमा यसरी नै
बलिरहनु आँधिहुरीमा पिन
ज्योति फैलाएर टाढा क्षितिजसम्म
निरन्तर निरन्तर अन्तिम क्षणसम्म
शुभकामना र सर्मथन
मेरो उपहार छ तिमीलाई ।
Tuesday, August 30, 2011
सार्थक बनाउ तीज
भन्छन कोही तीज आयो, आयो
नाच्ने गाउने एउटै दिन आयो
नाचेर व्याथा टुङ्गिने भए
नाच्थ्यौ नि दिनका दिन
बाँच्दैछौ किन मरेर यहाँ
हरेक छिनका छिन
तीजले त दिन्छ एकदिनको खुशी
लिएर गइजान्छ
गर्छौ र गाली एकदिनमा कति
बिरानो भइजान्छ
जीवनको यात्रा सँगसगै गर्दा
सफल बन्दैछ
ए नारी जाति अब त उठ
साराले भन्दैछ ।
भुलेर हैन संस्कारलाई
मिलेर मनाउ तीज
आएको होइन नाच्नलाई मात्र
सार्थक बनाउ तीज
नाच्ने गाउने एउटै दिन आयो
नाचेर व्याथा टुङ्गिने भए
नाच्थ्यौ नि दिनका दिन
बाँच्दैछौ किन मरेर यहाँ
हरेक छिनका छिन
तीजले त दिन्छ एकदिनको खुशी
लिएर गइजान्छ
गर्छौ र गाली एकदिनमा कति
बिरानो भइजान्छ
जीवनको यात्रा सँगसगै गर्दा
सफल बन्दैछ
ए नारी जाति अब त उठ
साराले भन्दैछ ।
भुलेर हैन संस्कारलाई
मिलेर मनाउ तीज
आएको होइन नाच्नलाई मात्र
सार्थक बनाउ तीज
Sunday, August 14, 2011
तिम्रै आमा हुँ
दुःख गरी हुर्काएको छोरा तिमी नै हौ
कष्ट गरी हुर्काएकी छोरी तिमी नै हौ
भने भन आमा मलाई नभने नभन
आखिर म त तिम्रै आमा हुँ ।
चपाएर ओकलेको गाँस खुवाउथे
आफू बाहिर भएपनि घर भित्रै सुताउथे
रातभरी जागै बसी कहिले काहि निदाउथे
भने भन आमा मलाई नभने नभन
आखिर म त तिम्रै आमा हुँ ।
चाडबाड आउदाखेरि अहिले पनि रुन्छ मन
सम्झिदैनौ तिमी अहिले फर्किदैनौ झन
कहाँ गयौ छोडि मलाई कहिले आउछौ घर
भने भन आमा मलाई नभने नभन
आखिर म त तिम्रै आमा हुँ ।
कष्ट गरी हुर्काएकी छोरी तिमी नै हौ
भने भन आमा मलाई नभने नभन
आखिर म त तिम्रै आमा हुँ ।
चपाएर ओकलेको गाँस खुवाउथे
आफू बाहिर भएपनि घर भित्रै सुताउथे
रातभरी जागै बसी कहिले काहि निदाउथे
भने भन आमा मलाई नभने नभन
आखिर म त तिम्रै आमा हुँ ।
चाडबाड आउदाखेरि अहिले पनि रुन्छ मन
सम्झिदैनौ तिमी अहिले फर्किदैनौ झन
कहाँ गयौ छोडि मलाई कहिले आउछौ घर
भने भन आमा मलाई नभने नभन
आखिर म त तिम्रै आमा हुँ ।
Saturday, July 9, 2011
तिमीलाई कुरिरहेछु
सुनौलो बिहानीको गाथा गाउँदै
सदभावको घडा सजाएर
अन्धकार रातमा
तिमी हराएकी थियौ
वषौ पुरानो भइसक्यो समय
इतिहासको कालखण्डमा खुशी भएथेँ
एउटी निडर छोरी जन्माएछु भनेर
उहिल्यैदेखि
अनवरत सुस्काइरहेका सुस्केराहरु
पोको पारेर हराएको त्यो
अँध्यारो रात डरलाग्दो थियो
घोडाको टापले थिचे जस्तै गरी
थिचिएका भावनाहरुलाई
कुम्लो पारेर न्यानो अँगालोमा
हावाहुरी चलेको रातमा
तिमी हराएकी थियौ
छोरी हराउँदा खुशी हुने
एउटी आमा तिम्री म
अहिले पनि तिमीलाई कुरिरहेछु ।
उकालो ओह्रालो
आउने जाने बटुवाहरुलाई
कयौ पटक सोधिसके छोरी
साटेर रगत र पसिना
तिमी सुनौलो बिहानीको गाथा गाउँदैछौ रे
तिम्रो स्वागतमा
सदभावकै घडा सजाएर
समयले पर्खिरहेछ
सुनौलो बिहानी लिएर आऊ
समयको उछिनपाछिनलाई पच्छ्याउदै
बदलिरहने हावाका झोक्काहरुसँग
तिमी निर्मल र स्वच्छ
हावा बनेर आऊ
तिमीले फुकिरहेको आगो बालेर
उज्यालो रात लिएर आऊ
तिमीलाई जन्माउने, हुर्काउने म
सदभावको घडा सजाएर
अन्धकार रातमा
तिमी हराएकी थियौ
वषौ पुरानो भइसक्यो समय
इतिहासको कालखण्डमा खुशी भएथेँ
एउटी निडर छोरी जन्माएछु भनेर
उहिल्यैदेखि
अनवरत सुस्काइरहेका सुस्केराहरु
पोको पारेर हराएको त्यो
अँध्यारो रात डरलाग्दो थियो
घोडाको टापले थिचे जस्तै गरी
थिचिएका भावनाहरुलाई
कुम्लो पारेर न्यानो अँगालोमा
हावाहुरी चलेको रातमा
तिमी हराएकी थियौ
छोरी हराउँदा खुशी हुने
एउटी आमा तिम्री म
अहिले पनि तिमीलाई कुरिरहेछु ।
उकालो ओह्रालो
आउने जाने बटुवाहरुलाई
कयौ पटक सोधिसके छोरी
साटेर रगत र पसिना
तिमी सुनौलो बिहानीको गाथा गाउँदैछौ रे
तिम्रो स्वागतमा
सदभावकै घडा सजाएर
समयले पर्खिरहेछ
सुनौलो बिहानी लिएर आऊ
समयको उछिनपाछिनलाई पच्छ्याउदै
बदलिरहने हावाका झोक्काहरुसँग
तिमी निर्मल र स्वच्छ
हावा बनेर आऊ
तिमीले फुकिरहेको आगो बालेर
उज्यालो रात लिएर आऊ
तिमीलाई जन्माउने, हुर्काउने म
तिमीलाई निडर बनाउने पनि मै हुँ
म तिम्री आमा तिमीलाई कुरिरहेछु ।
Thursday, March 24, 2011
लात सहेर बस्दिन
युगौ-युग अँध्यारो रात सहेर बस्दिन
जानि- जानि हानेको लात सहेर बस्दिन
दुनियाले नबुझे नि मैले देखेकी छु
देखि-देखि गरेको घात सहेर बस्दिन
संघर्षमा यात्रा सफल हुन्छ एकदिन
गरिरहेको उल्टो बात सहेर बस्दिन
मान्छे भित्र मानवियता हेर न !
ओइलाएको पात झै सहेर बस्दिन
जानि- जानि हानेको लात सहेर बस्दिन
दुनियाले नबुझे नि मैले देखेकी छु
देखि-देखि गरेको घात सहेर बस्दिन
संघर्षमा यात्रा सफल हुन्छ एकदिन
गरिरहेको उल्टो बात सहेर बस्दिन
मान्छे भित्र मानवियता हेर न !
ओइलाएको पात झै सहेर बस्दिन
Subscribe to:
Posts (Atom)