Tuesday, September 21, 2010

पृथक मनहरु

पृथक मनहरु
माजु मार्मिका
मन भित्रको संवेदनामा
आगो बलिरहेको छ
हरेक पलपलमा
आगोका ज्वालाहरु पिइरहन्छन
प्रत्येक क्षणक्षणमा

हरितालिका
साच्चै तीज भएर आउनु छ भने
शान्तिको राको बालेर आउ
पिडाको आघातले फुटन
बाँकी मुटुहरुलाई जोगाउन
भोका पेटहरुको
भोक भेटाउन
न कि दामसिएका पेटहरुलाई
झनै बसाउन

चुहाउदैछन मोतिका दाना
दिनरात बर्षिन्छन आफसेआफ
चट्टानको चुहावटसरी भिरहरुमा
कसरी टिप्न सक्छन र
श्रमका दाना टिप्नेहरुको भिडबाट
अह टिप्न सकेनन अझैपनि
तर लिन्छन पोल्टाभरि सान्त्वनाका पोकाहरु
अनि बोकेर रुन्छन थुनेर कोठाहरु ।

दिनेहरुले दिए भन्दैमा नलेउ भो
हाम्रै मन कठोर बन्नु पर्छ
मुत्यु पर्यान्त पनि छुरा घस्नेहरु
मृत लासमाथि रजाई गर्न मनाही छ
बौलाहा कुकुरले साप्रो च्यापे झै
नच्याप यी मनहरुलाई
पागल पनको पहिचान बोकेर
जिस्काउन मनाही छ
पृथक मनहरुलाई उदाङगो पार्न सक्दैनौ ।

हावा सुस्त छ सुर्य चुस्त छ
यिनैलाई साक्षी राखेर
युद्ध भन्दा डरलाग्दो जीन्दगीको
कहानी भोगेकी छौ तिमीले पिन
फलाम सँग रातदिन युद्ध लडेकी छौ ।
आखिर जीत त तिम्रै भएको छ नि ।
तर अझै जिस्काइरहन्छन ती आडम्बर
तिमीले खसालेका मोतिका दाना खोस्नेहरु ।

निस्फिकि्र सन्त्रासको पिरो
धुवामय आकाशमा उड्नु छ
प्रवाह नगरि धुवाको
झरर्नु छ अझै तल
बरु परु आगोमा
नराखी
आशा कसैको शुभकामनाको
नमाग्नु भिक्षा कोहीसँग
बरु पौडिरहनु संघर्षका डुंगा चलाएर
नरुनु भौकै मन जलाएर
बलिरहेको आगोमा बरु पेट्रोल थप्न आउ
जीवनलाई जीवन्तता दिनु छ भने
अनि हराउ
तिमीले फलाएका मोति टिप्नेहरुलाई
मृत्यु पर्यान्त पनि शरिर चुस्नेहरुलाई ।

Friday, September 10, 2010

रङ्ग भर्नु छ

भन्छन हजुर सबैले तीज आयो तीज आयो
हाँसी खेली नाच्ने गाउने एउटै दिन आयो

हामी चेली रुन्छौ र बाह्रै मास विव्हल भई
नबस्नु है दिदी बहिनी घरमै बन्दी भई

घरको घन्दा सँगै हामी गर्न सक्छौ धेरै
समाजका कुरितीलाई हामी आफै फेरौ

हुन सक्छ अझ बढी अत्याचार यहाँ
चुप लागि बस्यौ भने जे पनि हुन्छ यहाँ

कहिले धेरै रुन्छ मन कहिले हाँस्छ मन
त्यसैलाई सम्हालेर राख्ने हाम्रै काम

कहिले बेँसी झरीझरी रुन्छन गाँउले चेली
कहिले काही उकालीमा रुन्छन बसी बसी

नरुनु है अरु सामु आँशु झारी झारी
कहिल्यै पनि नसोच्नु है आफू कमजोर भनी

सीप सिकौ ज्ञान लिउ भरौ साहस
नबनौ है कसैको नि नोकर अनि दास

कोहि हुन्नन संसारमा दोस्रो नागरिक
केही गर्न हुनुपर्छ आफै जाकरुक

गलत संस्कार संस्कृतिलाई परास्त गर्नु छ
नयाँ समाज निमार्ण गरी रङ्ग भर्नु छ ।

जिम्मेदारी हाम्रो नी छ ए नारी जाति हो
आजै उठौ आजै लागौ ए मेरा साथी हो ।