Friday, August 13, 2010

सङ्घर्षमा सानो-ठूलो

झरझर गर्ने झरनासँगै छङछङ बग्ने पानी
सङ्घर्षमा सानो-ठूलो हुँदै बग्ने बानी

डाँडापारि फुल्यो फूल फूलैमा रस बस्यो
जानुपर्ने टाढा अझै पुलैमा दश बज्यो
दोधारमा नबसौँ है चाँडै बढौँ हामी
झरझर गर्ने झरनासँगै छङछङ बग्ने पानी

सयौँ दिन रात गरी वर्षौ बित्दै जान्छन्
कैले औँसी कैले पूर्णिमाको रातहरु बन्छन्
राखनु पर्छ सुमार्गमा हिँडी राखने बानी
झरझर गर्ने झरनासँगै छङछङ बग्ने पानी